Monday, November 25, 2024
Home > मुख्य समाचार > दुई दर्जन बढि मानव अधिकारकर्मी प्रहरीको नियन्त्रणमा

दुई दर्जन बढि मानव अधिकारकर्मी प्रहरीको नियन्त्रणमा

काठमाडौ, २४ मंसिर । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिरहेका दुई दर्जनबढि मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरुद्ध प्रर्दशन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको असर पारेर मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको विरोध प्रर्दशनमा निषेधित क्षेत्र तोडेपछि समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका २ दर्जनबढि मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । प्रर्दशनका क्रममा मानव अधिकारकर्मीहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *