Friday, November 22, 2024
Home > मुख्य समाचार > साढे ३३ किलो सुन काण्ड : सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

साढे ३३ किलो सुन काण्ड : सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

विराटनगर, २१ मंसिर । सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत मोरङले गत जेठ ८ गते पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि थुनामा रहेका सञ्जेलले गत साउन ६ गते जिल्लाको आदेश बदर गरेर आफूलाई साधारण तारेखमा छाड्नु पर्ने माग गर्दै उच्च अदालत विराटनगरमा अदालती बन्दोबस्तीको १७ नम्बर निवेदन दिएका थिए । २६ पटक पेसी चढेको मुद्दा १८ पटक स्थगित गरेर साधारण तारेखमा छाड्ने आदेश दिएको हो । सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई सुन तस्करी प्रकरणमा सहयोग गर्दै आएको आरोप लागेका सञ्जेललाई गत फागुन १८ गते सनम शाक्यको हत्या भएपछि शव व्यवस्थापन गर्न आएको अर्काे आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *