Monday, November 25, 2024
Home > मुख्य समाचार > गुठीको जग्गा किर्ते जालसाजी गरेर बेचेको आरोपमा रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दास पक्राउ

गुठीको जग्गा किर्ते जालसाजी गरेर बेचेको आरोपमा रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दास पक्राउ

जनकपुर, २० मंसिर । जनकपुरको संस्कृत विद्यालयअन्तर्गत हजारी जनक विद्यापीठको गुठीको जग्गा किर्ते जालसाजी गरेर बेचेको आरोपमा रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दास पक्राउ परेका छ ।

जनकपुरधाम ८ स्थित गुठीको जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाई बेचेको आरोपमा उनलाई काठमाडौंबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । दासले नक्कली लालपूर्जा बनाइ आफ्नो जग्गा भन्दै बेचेको आरोपमा जिल्ला अदालतमा मुद्दा परेपछि उनको नाममा वारेन्ट जारी भएको थियो । सोही क्रममा फरार रहेका दासलाई काठमाडौंस्थित बागबजारको होटेल तिरुपतिबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । दासले जनकपुरधाम उपमहानगरपालिका ८ को करिव ४ रोपनी जग्गाको स्वामित्व ग्रहण गर्न सरकारी छाप, दस्तखत किर्ते गरेका थिए । यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषामा भारतीय नागरिक रहेका दासले नक्कली नागरिकता बनाएको समेत उजुरी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *