मोरङ, २० मंसिर । धनपालथान गाउँपालिकाका स्थानीय स्तरमा न्युनतम सेवा सुबिधामा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई साइकल उपलब्ध गराएको छ ।
गाँउपालिकाले स्थानीय स्वयंसेवीकालाई आज एक दर्जन साईकल वितरण गर्नुका साथै मासिक भत्ताको घोषणा समेत गरेको छ । गाँउपालिका मातहतका विभिन्न स्वास्थ्य संस्थामा सेवागरिरहेका स्वयंसेवीकालाई साईकल वितरण गरिएको हो । गाँउपालिकाले एक कार्यक्रमको आयोजनागरी स्थानीय कदमाहा चौकमा गाँउघर क्लिनिक सुभारम्भ गरेको छ । कार्यक्रममा पूर्व सांसद तथा काग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले किल्नीकको सुभारम्म गर्नुका साथै १२ स्वयंसेवीकाहरुलाई एक दर्जन साईकल वितरण गर्दै विगतमा आएका दैवी बिपत्तीमा होस या सहज परीस्थीतिमा काग्रेसले सधै संगै रहने बताउनु भयो । कार्यक्रममा उक्त गाँउपालिकाका अध्यक्ष हरिलाल सिंहले गाँउपालिकाले सडक निर्माण, स्वाथ्य शिक्षाका क्षेत्रमा महत्वपुर्ण रुपमा कामगरी रहेको बताउनु भयो
गाउँपालिकाबाट प्राप्त सहयोगले स्थानीयको सेवामा अझ तल्लीन भएर लाग्न प्रेरित गरेको स्वयंसेवीहरुले बताएका छन् ।