Friday, November 22, 2024
Home > खेलकुद समाचार > अष्ट्रेलियासँगको पहिलो खेलमा भारतको खराब सुरुवात

अष्ट्रेलियासँगको पहिलो खेलमा भारतको खराब सुरुवात

अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारतले खराब सुरुवात गरेको छ । एडिलेडमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले पहिलो दिनको हाफटाइमसम्म चार विकेट गुमाएर ५६ रन बनाएको थियो । भारतले खराब सुरुवात गर्दै तीन रन जोड्दा पहिलो विकेट गुमाएको हो । त्यस्तै, १५ रनमा दोस्रो, १९ रनमा तेस्रो र ४१ रनमा चौथो विकेट गुमाएको हो । भारतका अजिन्क्या रहाणेले १३, मुरली विजयले ११, विराट कोहलीले ३ र लोकेश राहुलले २ विकेट लिए । भारत र अष्ट्रेलियाले चार टेष्ट र तीन एकदिवसीय खेल खेल्नेछन् । यसअघि भएका तीन ट्वेण्टी ट्वेण्टी क्रिकेटमा दुवै टीमले एक एक खेल जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *