जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान एक आपसमा ठोक्किदा ६ जना वेपत्ता भएका छन् । आकाशमा उडिरहेको अवस्थामा तेल भर्ने अभ्यास चलिरहँदा अमेरीकी हवाई सेनाको दुई लडाकु विमान ठोक्किएका हुन् । अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित अमेरीकी सेनाको आधारबाट उडेका के.सी वान थर्टी र एफ.एटिन लडाकु विमान दुर्घटनामा परेका हुन् । जापानको समुद्री किनारबाट झण्डै ३ सय २० किलोमिटर टाढा दुर्घटना भएको बताइएको छ । घटनास्थलबाट एक जना सैनिकको उद्दार गरिएको छ भने बाँकी ६ सैनिक हराईरहेका छन् । वेपत्ता सैनिकहरुको खोजी कार्य जारी रहेको जनाइएको छ । उद्धारका लागि जापानले पनि चार वटा विमान र तीन पानी जहाज परिचालन गरेको छ ।
Home > अन्तराष्ट्रिय समाचार > जापानमा अमेरीकी सेनाको दुईवटा लडाकु विमान एक आपसमा ठोक्किदा ६ जना वेपत्ता