Friday, November 22, 2024
Home > आर्थिक समाचार > सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्ने

सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्ने

काठमाडौ, १८ मंसिर । सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तभरण कोष’को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिनु भएको हो । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले वित्तिय प्रणालीलाई व्यवस्थित बनाउन र मुलुकमा अनावश्यक वित्तिय भार हुन नदिन पनि सरकारले नयाँ कर्मचारीहरुका लागि पेन्सन बराबरको आर्थिक सहायता उपलब्ध गराउन सो कोषको व्यवस्था गर्न लागिएको पनि स्पष्ट पार्नु भयो । अर्थ समितिको आजको बैठकमा सोही विधेयकमाथिको छलफल सुरु भएको छ । अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा प्रणालीलाई दिगो, भरपर्दो र चीरस्थायी बनाउन पनि सो कोषको आवश्यक्ता पर्न गएको बताउनु भयो । बैठकमा समितिका सदस्य प्रेम सुवालले गरिव पृष्ठभूमिबाट आएका कर्मचारीलाई अरु कर्मचारीको भन्दाबढि निवृतभरणको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *