Sunday, November 24, 2024
Home > खेलकुद समाचार > एपीएफद्धारा एनआरटी पराजित

एपीएफद्धारा एनआरटी पराजित

ललितपुर, १८ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ टिमले न्यूरोड टिम ‘एनआरटी’लाई २–१ ले पराजित गरेको छ ।

आज भएको छैटौं चरणको पहिलो खेलमा एपीएफलाई विजयी गराउन युवराज खड्का र सुदिप शिखाकारले १–१ गोल गरे । पराजित टोली एनआरटीका लागि राजेश परियारले एक गोल फर्काए । जितसँगै एपिएफ टिम अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । ६ खेलबाट उसको ७ अंक भएको छ । पराजित टोली एनआरटी भने १ अंकसहित तालिकाको पुछारमा छ । पाँच खेलबाट १५ अंक जोडेको मनाङ मस्र्याङ्दी क्लव शीर्ष स्थानमा रहँदा १३ अंकसहित त्रिभुवन आर्मी क्लव दोस्रो तथा १२ अंक जोडेका थ्रीस्टार र संकटा क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् । आजको दोस्रो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबसँग खेल्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *