Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > अमेरिकामा ७ म्याग्निच्यूडको भूकम्प, भूकम्पसँगै सुनामीको खतरा

अमेरिकामा ७ म्याग्निच्यूडको भूकम्प, भूकम्पसँगै सुनामीको खतरा

अमेरिकाको अलास्कामा ७ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि थुप्रै पराकम्पनहरु गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको खबर अहिलेसम्म आएको छैन । करिब ३ लाख जनसंखया रहेको एकोंरेजमा १ लाख मानिस प्रभावित भएका छन् । भूगर्भ विभागले पराकम्पनहरु अझै ठूलो संख्यामा आउन सक्ने भन्दै नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । अहिलेसम्म ४० वटा पराकम्पन आइसकेको छ । त्यसमा पनि १० वटा पराकम्पन ४ म्याग्निच्यूडभन्दा माथिका छन् भने ३ वटा पराकम्पन ५ म्याग्निच्यूडभन्दा माथिको रहेको अलास्का अर्थक्वेक सेन्टरले जनाएको छ । भूकम्पपछि मानिसहरुको भागदौड मच्चिएको छ भने केही कमजोर संरचनाहरु भत्किएका छन् । केही सडकसमेत भासिँदा यातायात अबरुद्ध भएको छ । करिब १० हजार घरमा विद्युत आपूर्ति बन्द भएको छ । त्यस्तै भूकम्पसँगै सुनामी आउने खतरा रहेको भन्दै अधिकारीहरुले सतर्क रहन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *