Friday, November 22, 2024
Home > मुख्य समाचार > सामाजिक सुरक्षा कार्यक्रम लागू

सामाजिक सुरक्षा कार्यक्रम लागू

काठमाडौ, ११ मंसिर । सरकारले निजी श्रेत्रमा कार्यरत श्रमिकलाई अवकासपछि आजीवन निवृत्तीभरण पेन्सनको व्यवस्थासहित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ ।

सो कार्यक्रमको राजधानीमा आयोजित एक कार्यक्रममा आज प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक सुरुवात गर्नुभयो । सरकारले सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रमको सुरु गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिनुभयो । कोषबाट सुविधा पाउन श्रमिक र रोजगारदाता कम्पनिले कोषमा निश्चित रकम योगदान गर्नुपर्ने उल्लेख छ । कोषमा अहिले झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको र मासिक डेढ अर्ब थपिँदै जाने मन्त्री विष्टले बताउनुभयो । सो कोषबाट एकैपटक ३५ लाख श्रमिक लाभान्वित हुने श्रम मन्त्रालयले जनाएको छ । कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चयकोष बापत र ८ दशमलव ३३ प्रतिशत उपदान समेत गरी १८ दशमलव ३३ प्रतिशत र श्रमिकले सञ्चय कोषबापत गर्ने १० प्रतिशत योगदान गरी २८ दशमलव ३३ प्रतिशत रकमबाट वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिने छ । १५ वर्ष निरन्तर योगदान गरेका श्रमिकले सो सुविधा पाउने छन् । यसैबीच सामाजिक सुरक्षा दिवस पनि आजै मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *