Thursday, November 21, 2024
Home > अन्तराष्ट्रिय समाचार > रुसद्धारा युक्रेनको जहाज नियन्त्रणमा, दुई देशबीच थप तनाब बढ्यो

रुसद्धारा युक्रेनको जहाज नियन्त्रणमा, दुई देशबीच थप तनाब बढ्यो


रुसले क्रिमियाई प्रायद्वीपको नजिक युक्रेनको तीनवटा नौ सैनिक जहाजमा हमला गरेर आफ्नो कब्जामा लिएको छ । यो घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेदार भएको आरोप लगाएका छन् । रुसले युक्रेनको जहाज आफ्नो जलसीमा आजोव सागरमा गैरकानुनी ढंगले छिरेको दाबी गरेपछि यो विवाद उत्पन्न भएको हो । घटना लगत्तै रुसले कर्चमा तंग जलमार्गको एक पुलको तल टयांकर तैनाथ गरेर आजोव सागरतर्फ जाने बाटो बन्द गरिदिएको थियो । आजोव सागरको जलीय सीमा रुस र युक्रेनबीच बाँडिएको छ । युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंकाले आफ्नो देशको राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा परिषदको बैठकमा रुसी कदमलाई सनकयुक्त कारबाहीको संज्ञा दिनुभएको छ । युक्रेनले जारी गरेको वक्तव्यमा रुसी कारबाहीमा आफ्नो चालक दलका दुई सदस्य घाइते भएको बताएको छ । घटनाका सम्बन्धमा वार क्याविनेटको जरुरी बैठक बोलाइएको युक्रेनी राष्ट्रपतिका प्रवक्ताले जानकारी दिएका छन् । रुसले भने युक्रेनको दाबीसम्बन्धमा अहिलेसम्म थप कुनै प्रतिक्रिया दिएको छैन । यसअघि रुसले युक्रेनको नौसेना गैरकानुनी तरिकाले आफ्नो जल सीमामा प्रवेश गर्ने गरेको अरोप लगाउँदै आएको थियो । यसैबीच युरोपेली संघले युक्रेनलाई कर्च हुँदै आजोव सागरको आफ्नो हिस्सामा जान रुसले रोक्न नहुने बताएको छ । नेटोले पनि यस घटनामा युक्रेनको समर्थन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *