Friday, November 22, 2024
Home > खेलकुद समाचार > आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई


आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । इंग्ल्याण्डले दिएको एकसय ६ रनको लक्ष्य अष्ट्रेलियाले १५ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै उपाधि जितेको हो । अष्ट्रेलियाको जितमा एस्लिक गार्डनर ३३ तथा कप्तान कप्तान मेग लेनिन २८ रनमा नट आउट रहे । ओपनर जोडी एल्सा हेलेले २२ तथा बेथ मोनेले १४ रन जोडिन् । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले १९ दशमलव ४ ओभरमा एकसय ५ पाँच रन जोडेको थियो । उसका लागि डेन्ले वेटले सर्वाधिक ४३ रन बनाउँदा कप्तान हिथर नाइटले २५ रनको योगदान गरिन् । अन्य कुनै पनि खेलाडीले ७ रन बढी बनाउन सकेनन् । इंग्ल्याण्डको पारी ध्वस्त बनाउने क्रममा एस्लिज गार्नरले ३ तथा जोयोरिजा वेरह्याम र मेगान स्यूटले दुई दुई विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *