Monday, November 25, 2024
Home > स्थानीय समाचार > सडक निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै सडक अवरुद्ध

सडक निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै सडक अवरुद्ध

कालोपत्रे सडक निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै धुलो पीडित स्थानीयले झापाको चाराआली–केचना सडक खण्ड अवरोध गरेका छन् । चाराआली– भद्रपुर–केचना सडक खण्ड अन्तरगत भद्रपुर नगरपालिका ६ स्थित भानुनगरमा स्थानीयले तीन घण्टा सडक अवरोध गरेका हुन् । विहान ६ बजेदेखि महिलासहित सडकमा उत्रिएका स्थानीयले भानुचोकमा बाँस तेर्साएर सडक अवरोध गरेका थिए । स्थानीयले सडक अवरोध गरेपछि सो सडक खण्डमा चल्ने सवारीसाधनहरु भद्रपुर नगरपालिका अन्तरगतको सडक प्रयोग गरेर गन्तव्यतर्फ जान बाध्य भएका थिए । दुई किलोमिटर सडक निर्माण कार्यमा ढिलासुस्ती हुदाँ त्यहाँका जनता धुलोबाट पीडित बनेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी र प्रहरी कार्यालय झापाका प्रमुखलाई यस बिषयमा जानकारी गराइसकेका प्रहरी निरीक्षक जवेगुले आन्दोलित बनेका स्थानीयलाई छलफल तथा वार्ताबाट समस्याको समाधान निकाल्न आग्रह गरेका थिए । प्रहरीको आग्रह अनुसार सडक निर्माण कम्पनीले तत्काल सडकमा पानी हाल्ने भएपछि स्थानीयले सडक सुचारु गर्न सहमत भएका थिए । २०७३ साल असोज १७ गते ३० महिनामा काम सक्ने गरी सम्झौता गरेपनि दुई बर्षको अवधिमा सो सडक खण्डमा करिब ८ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *