फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शनलाई लज्जास्पदको संज्ञा दिनुभएको छ । मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रनुपर्ने कुनै आवश्यकता नरहेको भन्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीहरुलाई संयमता अपनाउन आग्रह गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थमा थप कर वृद्धि आवश्यक रहेको जिकीरसमेत गर्नुभयो । यसैबीच फ्रान्सको पेरिसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि दर्जनौं सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनमा दर्जनौं घाइते भएका छन् । राजधानी पेरिसको च्याम्प्स् एलिसमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामाको मागसहितका प्लेकार्ड बोकेर चर्काे नारा लगाएका छन् । फ्रान्स सरकारले आगामी जनवरी १ देखि लागू हुने गरी डिजेलमा थप ६ दशमलव ५ सेन्ट र पेट्रोलमा २ दशमलव ९ सेन्ट कर वृद्धि गर्ने तयारी गरिरहेको छ ।