Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > राष्ट्रपतिका लागि गाडी खरिद गर्न भिख !

राष्ट्रपतिका लागि गाडी खरिद गर्न भिख !

काठमाडौ, ८ मंसिर । केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै काठमाडौको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् ।

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु संवोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका हुन् । सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेट प्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भईरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन् । आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै सर्वसाधरणसंग एक एक रुपैया भिख मागेका थिए । १८ करोड रुपैयाको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पुरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन् ।

युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *