Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > पशु बीमा सम्बन्धी व्यवस्थालाई केही परिर्वतन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

पशु बीमा सम्बन्धी व्यवस्थालाई केही परिर्वतन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

ललितपुर, ५ मंसिर । पशु धनको बीमामा किसानहरुलाई थप सहुलियत दिर्नुपर्ने सरोकारवालाहरुले औल्याएका छन् ।

ललितपुरमा आज भएको पशुधन बीमा र जलवायु परिर्वतनसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले पशु बीमा सम्बन्धी व्यवस्थालाई केही परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । कार्यक्रममा पशुधनको बीमा गरेका किसानले भवितव्य तथा प्राकृतिक प्रकोपमा परि मरेका पशुको बीमा दाबी गर्न कानूनी झन्झट रहेकाले यसलाई परिर्वतन गर्न माग गरे । विश्व बैकको नेपाल कार्यालयमा रहेकी कृषि विज्ञ करिष्मा वस्तीले जलवायु परिवर्तन संगै आउने जोखिम बढेकाले पशुधनको सुरक्षा र विद्यमान बीमा नियमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । विद्यमान बीमा नीतिले सबैलाई समेट्न नसकेकाले पनि किसानलाई सुविका दिदै नियम परिर्वतन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल सरकार, विश्व बैक र बीमा समितिले किसानले पशुधन बीमा कार्यक्रम लागू भएका जिल्लाहरुमा बीमाको प्रभावकारीता बारे अध्ययन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *