Thursday, November 21, 2024
Home > मुख्य समाचार > गुफा बजारमा पिउनेपानीको हाहाकार

गुफा बजारमा पिउनेपानीको हाहाकार

मंसिर, १ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफा बजारमा पानीको समस्या बर्षौंदेखि रहेको छ । तीनजुरे, मिल्के जलजले संरक्षित क्षेत्रमा रहेको पर्यटकीयस्थल यो बजारमा पानीको हा–हाकार हँुदा बजारवासी र पर्यटकलाई समस्या हुन थालेको छ ।

प्राकृतिक विविधताले भरिपूर्ण तीनजुरे, मिल्के जलजले (टिएमजे) क्षेत्रमा वर्सेनी हजारौं पर्यटकहरु आउने गरेका छन् । यस ठाउँमा घुम्न आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुको बस्ने एकमात्र स्थान हो गुफाबजार । यही नै पानी नभएपछि पाहुनाको सत्कार गर्न बसेका होटल ब्यवसायी तथा पर्यटकहरुलाई सास्ती छ । कञ्चनजंघा हिमालको आधार शिविर र तमोर नदीमा र्याफ्टिङ गर्ने पर्यटक समेत यही क्षेत्र भएर यात्रा गर्ने गर्छन् । ठाउँ अति नै सुन्दर रहे पनि पानी अभावका कारण पर्यटकको मन खिन्न हुने गरेको पर्यटक सविना लिम्वुको भनाई छ ।
सामुन्द्रिक सतहबाट २८ सय ९० मिटरको उचाईमा रहेको यस बजारमा १० बर्ष अघि तत्कालिन जिल्ला विकास समिति संखुवासभाले कादुरी खानेपानी आयोजनामार्फत खानेपानी वितरण गरेको थियो । तर उक्त आयोजनाको उचित संरक्षण तथा मर्मत सम्भारको अभावमा ५ बर्षदेखी पानी आउन छाडेको छ । स्थानीयबासी र पर्यटकहरुले नुहाउन तथा लुगा धुनका लागि घण्टौ लगाएर पानीको श्रोत खोज्नुपर्ने बाध्यता रहेको स्थानीय हिमा खनालले बताउनुभयो ।

२८ प्रजातीका गुँरास पाइने टिएमजेको सबैभन्दा ठूलो र महत्वपूर्ण पोखरी गुफा पोखरी नै हो । गुफापोखरी नजिकै भएकाले बजारको नाम पनि गुफाबजार रहन गएको हो । पर्यटकीय स्थल भएकाले बजारमा होटल व्यवसाय सञ्चालन गरी ३६ घरधुरी बसेका छन् । बार्है महिना चिसो भईरहने यस बजारमा बार्षिक रुपमा हजारांै आन्तरिक तथा बाह्य पर्यटकहरु आउने जाने गरेका छन् । यस ठाँउमा पानीको उचित व्यावस्थापन तत्कालै नभए पर्यटन प्रबद्र्धनमा नै संकट पर्ने होटल व्यावसायी सोनाम शेर्पाको दुखेसो छ ।

यो क्षेत्रको प्राकृतिक सौन्दर्यता र धार्मिक महत्वका स्थलहरुको अवलोकन साथै वसन्त ऋतुमा राताम्मे गुराँसे वन र डाँडाकाँडाको दृश्यावलोकनका लागि यहाँ पर्यटनहरु आउने गरेका छन् । यस क्षेत्रमा गुराँसे वन, मेन्छ्यायेम डाँडा, भिमसेन पाइला, सुकेपोखरी, पाँच पोखरी, गुफा पोखरी लगायत क्षेत्रहरु प्रख्यात छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *