Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > सातौँ कर दिवस मनाइँदै

सातौँ कर दिवस मनाइँदै

काठमाडौ, १ मंसिर । सुर्य नेपाल प्रा.लि.ले यस बर्षको सबै भन्दा बढी आयकर तिरेको छ ।

आन्तरिक राजश्व विभागले सातौ कर दिवसको अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा सुर्य नेपाललाई सबै भन्दा बढी कर तिर्ने कम्पनी घोषणा गरेको हो । कार्यक्रममा आर्थिक बर्ष २०७४÷७५ मा मुलुकभरबाट कर तिर्ने कम्पनीहरु मध्येमा सबै भन्दा बढी आय कर तिरेको कम्पनी सुर्य नेपालका उपाध्यक्ष रवि केसीलाई सम्मानित गरियो । त्यसैगरी व्यक्तिगत तर्फ सबै भन्दा धेरै आयकर तिर्नेमा उद्योगी सिद्धार्थ राणा हुनुभएको छ । उहाँलाई पनि कार्यक्रममा सम्मान गरियो । विभागले क्षेत्रगत रुपमा सबै भन्दा बढी आय कर तिर्ने अन्यलाई पनि सम्मान गरेको छ । निर्यात उद्योग तर्फ सबै भन्दा धेरै कर तिर्ने डाबर नेपाल, उद्योग तर्फ हिमाल पावर कम्पनी ,कृषि तथा व्यापारमा प्रो बायोटेक प्रालि, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त,बैक तथा वित्तिय संस्थातर्फ नबिल बैक,बिमा व्यवसाय तर्फ नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षा तर्फ नोबेल मेडिकल कलेज,सूचना प्रविधि तर्फ एफ वान सफ्ट इन्टरनेशनल,पर्यटन तर्फ तारागाँउ रिजेन्सी होटल, व्यापारमा सिप्रदी टे«ेडिङ सम्मानित भएका छन् । त्यसैगरी ४० करोड रुपैयासम्म व्यवसाय गर्नेबाट सबै भन्दा बढी आय कर तिर्ने नेपाल इन्भेष्टमेन्ट लिमिटेड र ४० देखि ८० करोड रुपैया कारोबार गर्ने मध्येबाट नेपाल धितोपत्र बिनिमय बजार सम्मानित भएका छन् । त्यसैगरी पछिल्लो १० बर्षमा मुल्य अभिवृद्धिकर विवरण समयमा पेश गरि कर चुक्ता गर्ने कम्पनी मध्येबाट घोराही सिमेण्ट सम्मानित भएको छ । आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका १५ संस्थालाई तथा व्यक्तिलाई कर दिवसको अवसरमा सम्मान गरेको हो । सम्मानित सबैलाई अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *