Thursday, November 21, 2024
Home > मुख्य समाचार > बैंकक गएको विषयमा भ्रामक समाचार सम्प्रेषण भयो : शेरधन राई (विज्ञप्ती सहित)

बैंकक गएको विषयमा भ्रामक समाचार सम्प्रेषण भयो : शेरधन राई (विज्ञप्ती सहित)

३०, कार्तिक । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आफू बैंकक उपचारका लागि गएको विषयमा भ्रामक समाचार सम्प्रेषण भएको भन्दै यस्तो दुष्प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ ।

आफू दुई बर्षदेखि घाँटीको समस्या झेल्दै आएको र स्वास्थ्य अवस्था र उपचारको बारेमा सामाजिक सञ्जाल, निहित स्वार्थ बोकेका डिजिटल मिडिया र केही छापा माध्यमबाट गरिएका दुष्प्रचारबारे आफ्नो ध्यानाकर्षण भएको पनि मुख्यमन्त्रीले बताउनु भएको छ । आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राईले विदेशमा उपचार गराउन जानु कुनै रहर र सोख नभई बाध्यता भएको र कार्तिक ११ गते बसेको प्रदेश सरकारको बैठकबाट निर्णय भई सोही बमोजिम संघीय सरकारलाई जानकारी गराएर बैंककमा उपचार पश्चात अमेरिका गएको उल्लेख गर्नुभएको छ । सबै प्रक्रिया पुरा गरेरै अमेरिका भ्रमण गरेको र आफुले कुटनैतिक राहदानी समेतको प्रयोग नगरेको जानकारी गराउँदै मुख्यमन्त्री राईले आफ्नो अमेरिका भ्रमणलाई जर्वजस्त विवादमा तान्न खोजेको र नचिनेको व्यक्तिहरुको एउटा घटनामा म र मेरो सहयोगी पारुहाङ राईको नाम जोडेर सनसनीपूर्ण र भ्रमपूर्ण प्रचारबाजीको खण्डन गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *