Friday, November 22, 2024
Home > मुख्य समाचार > साढे दश महिनाको अवधिमा मोरङमा ११ जनाको हत्या

साढे दश महिनाको अवधिमा मोरङमा ११ जनाको हत्या

विराटनगर, ३० कार्तिक । मोरङमा सन् २०१८ को साढे दश महिनामा ११ जनाको हत्या भएको छ ।

इन्सेक मोरङले आज विराटनगरमा आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०१९ का लागि समेटिएको घटनाहरुको बार्षिक पुर्व समिक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । १ जनबरीदेखि हालसम्मको अबधिमा मोरङमा एक सय ३५ बटा घटना अभिलेख गरिएकोमा एक सय ७१ जना पीडित भएको इन्सेक मोरङले जानकारी दिएको छ । जसमा सबैभन्दा बढी बलात्कारका घटना ५५ बटा, बलात्कार प्रयास २७ बटा,घरेलु हिंसा ७ बटा, बहुविवाह १० र हत्याका ११ बटा रहेका छन । त्यसैगरी कुटपिट ७ , मानवबेचविखन २ , हत्या प्रयास ४, बालविवाहको एउटा घटना अभिलेख भएको छ । यस्तै बम विस्फोटका ३ बटा घटनामा एक जना घाइते हुन पुगेका छन । बलात्कारका ५५ घटनामा ४३ जना बालवालिका र १३ जना महिला ,त्यसैगरी बलात्कार प्रयासका २७ घटनामा ११ बालिका र १६ महिला रहेका छन । यस्तै अपहरणका २ बटा घटनामा एक वालिकासहित सात जना पीडित भएका छन । यस्तै एक जना वालिका बालविवाहबाट पीडित हुन पुगेकी छिन । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बलात्कारका घटनाको सख्या हेर्दा लज्जाबोध भएको भन्दै बलात्कार गर्नेलाई कडा कानुन आबश्यक भएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग एक नम्बर प्रदेश कार्यालय विराटनगर प्रमुख मोहन जोशीले महिलामाथि हुने अपराध जन्य घटना बढ्नुको कारण पत्ता लगाएर कानुन बनाउन जरुरी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *