Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > ‘सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य’

‘सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य’

विराटनगर, ३० कार्तिक । समाजलाई सकारात्मक दिशामा डोहोर्याउन सूचना सम्प्रेषणको भूमिका निर्वाह गर्ने पत्रकार जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।

विराटनगरमा आज आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहिनता अन्त्य विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका हुन । नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दण्डहिनताको अन्त्य गर्नका लागि सबैले आफ्नो पेशाको मर्यादालाई बिर्सन नहुनेमा जोड दिनु भयो । पेशाको मर्यादा भित्र रहेर गरिने पत्रकारिताले मात्रै समाजलाई सकारात्मक बाटोतर्फ डोहोर्याउन सक्ने उहाँको भनाई थियो । प्रदेश १ सरकारले आफ्ना निर्णयलाई हरपल सार्वजनिक गर्ने बताउँदै मन्त्री कार्कीले पत्रकारमाथि हुने गैरकानुनी दण्डप्रति सरकार गम्भीर रहेकोले यस्ता घटना रोक्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो । कार्यक्रममा संघीय समाजवादी फोरम प्रदेश १ संसदीय दलका नेता जयराम यादवले समाजको अग्रभागमा रहने पत्रकारको सुरक्षा सधैं चुनौतीपूर्ण रहेको बताउनुभयो । यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पत्रकारको सुरक्षाप्रति सधैं राज्यको संयन्त्र संवेदनशील रहेको बताउनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वयन समितिका प्रमुख नरेश पोखरेलले व्यक्तिगत मामिलासँग जोडिएर आएका कतिपय विषयमा तथ्यपरक भएर मात्रै सार्वजानिक गरिनुपर्नेमा जोड दिनुभयो । यस्तै पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइटेलले सेवाक्षेत्रमा रहँदा पत्रकारको सुरक्षाप्रति राज्य उदाशिन बन्न नहुनेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *