Friday, November 22, 2024
Home > अन्तराष्ट्रिय समाचार > भीषण सामुद्रिक आँधीमा परी भारतमा ११ जना भन्दा बढिको मृत्यु

भीषण सामुद्रिक आँधीमा परी भारतमा ११ जना भन्दा बढिको मृत्यु

एजेन्सी । भारतको तटीय क्षेत्रमा आज आएको भीषण सामुद्रिक आँधीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

हजारौंको संख्यामा रुखहरु आवासीय भवन र सवारी–साधनमा ढलेका कारण दशौं हजार व्यक्तिहरु आ–आफ्नो आश्रयस्थलबाट भागेका छन । ‘गाजा’ नाम दिइएको यो सामुद्रिक आँधी तामिलनाडु राज्यमा १२० किलोमिटर प्रतिघन्टाको गतिले आएको थियो । त्यसअघि, सो आँधी नागा पात्तिनामनजिकैको तटीय क्षेत्रमा आएको भारतीय मौसम अधिकारीहरुले जानकारी दिएका छन् । भारत सरकारले यस प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही १० लाख क्षतिपूर्ति दिइने घोषणा गरेको छ । यस आँधीको कारण क्षतिग्रस्त र ध्वस्त भएका सडकहरु र विद्युतीय लाइनको मर्मतका लागि सयौं आपत्कालीन उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *