Monday, November 25, 2024
Home > खेलकुद समाचार > डिपिएल माघ १९ देखि सुरु हुने

डिपिएल माघ १९ देखि सुरु हुने

काठमाडौ, ३० कार्तिक । धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको तेस्रो संस्करण आगामी माघ १९ देखि सुरु हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गरिने जानकारी गराएको हो । गत संस्करण बैशाख र त्यसअघिको पहिलो संस्करण चैतमा सम्पन्न भएको थियो । नयाँ संस्करणसँगै प्रतियोगिताको बजेट पनि बढेर ५ करोड पुगेको छ । मुख्य प्रायोजन विजय डिस्टिलरीले १ करोड १० लाख बराबरको प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्बन्धी सम्झौतामा आज विजय डिस्टिलरीका चिफ फाइनान्स अफिसर सतिश कर्ण र एकेडेमीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गर्नुभएको छ । प्रतियोगितामा ६ शहरका ६ टोलीलाई नै निरन्तरता दिइनेछ । प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेञ्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्सलाई नै निरन्तरता दिइएको छ । प्रतियोगिताको यसअघिका दुवै संस्करण टिम चौराहा धनगढीले जितेको थियो । पछिल्लो संस्करणको उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाएकोमा यस पटक पुरस्कारको रकम भने सार्वजनिक गरिएको छैन । टी–२० फर्म्याटमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । हरेक टिममा रहने १५ खेलाडीमध्ये बढीमा २ जना विदेशी खेलाडी र एक जना स्थानीय खेलाडी अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *