Monday, November 25, 2024
Home > आर्थिक समाचार > आईएफसीले नेपालमा ९० अर्ब रुपैयाँ लगानी गर्ने

आईएफसीले नेपालमा ९० अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौ, ३० कार्तिक । अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा करिव ९० अर्व रुपैयाँ लगानी गर्ने भएको छ ।

आईएफसीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा निजी क्षेत्रमार्फत् करिव ९० अर्व रुपैयाँ लगानी गर्ने घोषणा गरेको हो । आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले सो लगानी नेपालको पर्यटन, कृषि र पूर्वाधार तथा प्रविधिको विकासमा लगाउने पनि स्पष्ट पार्नु भयो । आईएफसीको सो लगानी नेपालको दिगो विकासका लागि खर्च गरिनेछ । निर्देशक वेन्डीले नेपालमा स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बन्दै गईरहेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीका लागि उचित वातावरण बनिरहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न दाताहरुलाई आग्रह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *