Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > निर्वाचन कानुन सुधार गर्न सरकारसँग निर्वाचन आयोगको आग्रह

निर्वाचन कानुन सुधार गर्न सरकारसँग निर्वाचन आयोगको आग्रह

काठमाडौ, ३० कार्तिक । निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुपर्ने अडान पनि दोहोर्याउनु भयो । निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नदिने हो भने निर्वाचनको मिति कानुनमै तोकि दिन उपयुक्त हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवको सरकारलाई सुझाव छ । निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि पर्याप्त समय हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता शिक्षालाई प्रभावकारी रुपमा संचालन गर्न पनि निर्वाचनको तयारीका लागि पर्याप्त समयको आवश्यक्ता पर्नजाने स्पष्ट पार्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *