Friday, November 22, 2024
Home > मुख्य समाचार > कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको बैठक काठमाण्डौमा सुरु

कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको बैठक काठमाण्डौमा सुरु

काठमाडौ, २९ कार्तिक । आप्रवासी श्रमिकहरुको साझा संगठन कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाँचौ बैठक राजधानी काठमाण्डौमा सुरु भएको छ ।

राजधानी काठमाण्डौको होटल सोल्टीमा आज सुरु भएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाचौ बैठकले भोली सुक्रबार हुने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रबीचको छैटौ मन्त्रीस्तरीय परामर्श बैठकका लागि प्रतिवेदन तयार गर्नेछ । आप्रवासी कामदारको हक हित र सुरक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाचौ बैठकले आप्रवासी श्रमिकका मानवअधिकार, सुरक्षा सुनिश्चितता लगायत अवसर चुनौतिका बारेमा समुहगत छलफल गरि निष्कर्ष सहितको प्रतिवेदन तयार पार्ने छ । अध्यक्ष राष्ट्रका हैसियतले उच्च अधिकारीहरुको पाचौ बैठकको श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गर्नुभयो । बैठकलाई सम्बोधन गर्दे मन्त्री विष्टले कोलम्बो प्रोसेसले आप्रवासी श्रमिकका चुनौतिको सम्बोधन गर्न आवश्यक रणनीति, साझेदारी र सामुहिक प्रयासको सहजीकरण गर्न महत्वुर्ण अवसर प्रदान गर्ने बताउनुभयो ।

पछिल्लो समय कोलम्बो प्रोसेस श्रम आप्रवासन, श्रमिकको उद्गम मुलुक र गन्तव्य मुलुक दुवैको विकासका लागि महत्वपुर्ण माध्यम बन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *