काठमाडौ, २९ कार्तिक । काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड आज एक घण्टा बन्द गराइएको छ ।
धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिव एक घण्टा बन्द गराएका हुन । सडक विस्तारको नाममा स्वास्थ्यमाथि खेलबाड भएपछि धुवाँधुलो, खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दवाव दिन आफूहरुले सडक नै अवरुद्ध गर्नु परेको स्थानीय समिर महर्जनले बताउनु भयो । यो सडक खण्डबाट हुने प्रदुषणका कारण स्थानीय मारमा पर्दा पनि त्यसको व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन । स्थानीयले सडकको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग पनि पटक–पटक सम्झौंता गरिसकेका छन । तर त्यसको पालना नभएको स्थानीयको गुनासो छ ।