विराटनगर, २८ कार्तिक । प्रदेश नम्बर एक सरकारले आज छठ पर्वको अबसरमा विराटनगरमा शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
आदर्श माध्यमिक विद्यालयको प्राङगणमा सजिसजाउ गरेर आयोजना गरीएको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकार, स्थानीय कलाकारको प्रस्तुतीसंगै विभिन्न जाति समुदायले झाकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए । प्रदेश नम्बर १ सरकारले गरेको सांस्कृतिक महोत्सवमा एक दर्जन झाँकीहरु प्रस्तुत गरिएको थियो । विभिन्न जातजातिका झाँकीहरुले दर्शकहरुको मन खिचेको थियो । कार्यक्रममा सुभकामना मन्तव्य व्यक्त गर्दे प्रदेश १ का सभामुख प्रदीप भण्डारीले चाडपर्वहरुले अनेकताका बीचमा एकतामा बाध्ने काम गरेको बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले हाम्रा चाडपर्वहरुले राष्ट्रिय एकता र सामाजिक सदभाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । समाजमा शान्ति सुरक्षा , अमनचयन कायम गरी तिव्र रुपमा आर्थिक विकास गर्न प्रदेश सरकार लागेको पनि स्पष्ट पार्नुभयो । जिल्ला तथा जिल्लाबाहिर बाट बाक्लो सङख्यामा जनताको उपस्थिती रहेको कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, मन्त्रीहरु, स्थानीय जनप्रतिधिहरुको सहभागिता रहेको थियो । सो अबसरमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जिवन घिमिरे विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली लगायतले पर्वहरुको एकताको भावनाको विकास गरोस भन्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले समेत आआफ्ना प्रस्तुती दिएका थिए ।