Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > पुष मसान्त भित्र कर्मचारी समायोजन सकिने

पुष मसान्त भित्र कर्मचारी समायोजन सकिने

विराटनगर, २७ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुष मसान्त भित्र कर्मचारी समायोजन सक्नेगरि प्रकृया अघि बढाइएको बताउनुभएको छ ।

आज अपरान्ह विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्नुहुंदै उहांले आउदो पुष मसान्तभित्र कर्मचारी समायोजन सक्ने लक्ष्य सहित काम गरिरहेको सरकारले त्यसका निम्ति आवश्यक पर्ने ऐननियम बनाउने काम गरिरहेको बताउनुभयो । उहांले अहिले अस्थायी ब्यवस्थापन अन्र्तगत प्रदेश र स्थानिय तहहरुमा कर्मचारीहरु खटाइएको बताउनुहुंदै अव उपरान्त स्थायीरुपमा कर्मचारीहरुलाई कार्यस्थलमा खटाइने बताउनुभयो । लक्ष्यभित्रै समायोजन सक्ने उद्धेश्यसहित काम गरिरहेको सरकारले ऐन बनेपछि प्रदेश र स्थानिय तहमा आवश्यक कर्मचारी पठाइने उहांले बताउनुभयो । मन्त्री पण्डितले प्रदेश र स्थानिय तहलाई आवश्यक थप कर्मचारीकालागि लोकसेवा आयोगले छिट्टै भर्ना प्रकृया शुरु गर्न लागेको समेत बताउनुभयो । उहांले प्रदेश लोक सेवा आयोग नबनुञ्जेल केन्द्रमा रहेको लोकसेवा आयोगबाटै आवश्यक कर्मचारी भर्ना गरिने प्रष्ट पार्नुभयो । सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिनुहुंदै मन्त्री पण्डितले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने झैं छठ पछि सरकारको काम कारवाहीले गति लिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *