Sunday, November 24, 2024
Home > मुख्य समाचार > नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा लगानी गर्ने चीनको प्रतिवद्धता

नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा लगानी गर्ने चीनको प्रतिवद्धता

काठमाडौ, २७ कार्तिक । चीनले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको भेटमा चिनियाँ पर्यटन प्रवद्र्धनका लागि आवश्यक वातावरण बनाउन पनि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांगले नेपाल सरकारसँग आग्रह गर्नुभएको थियो । पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि चिनियाँ मन्त्री गुगांगले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले जानकारी दिनुभयो । उहाँले चीन नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि स्पष्ट पार्नु भयो ।

काठमाडौंमा आयोजित चिनियाँ महोत्सवमा भाग लिन नेपाल आउनु भएका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री शुगांग र नेपाली समकक्षी अधिकारीबीच दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विविध विषमया पनि छलफल भएको संस्कृति, पर्यटन तथा तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *