गएको महिना टर्र्कीमा रहेको साउदी अरबको महावाणिज्य दूताबासमा भएको पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री टर्कीले वासिङ्टन र रियादलाई बुझाएकोे छ । पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको श्रब्य सामग्रीलाई साउदी अरब, अमेरिका, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराएको राष्ट्रपति रेसेप तैयप एर्दोगानले जानकारी गराउनु भएको छ । राष्ट्रपति एर्दोगानले उनीहरूले महावाणिज्य दूताबासमा भएको विवाद सुनेको र थाहा पाएको तर सामग्रीबारे सहायक लिखित सामग्री भने नदिइएको बताउनु भएको छ । पत्रकार खसोग्गीलाई अन्तिम पटक गएको अक्टोबर २ मा टर्र्कीमा रहेको साउदी अरबको दूतावासमा विवाहका लागि आवश्यक दस्तावेज लिन प्रवेश गर्दा देखिएको थियो । उनको त्यही दिन हत्या गरिएको बताइएको छ । ५९ वर्र्षीय खसोग्गीको हत्या भएको कुरालाई लामो समयसम्म साउदी अरबले नस्वीकारेपनि बढ्दो अन्तर्राष्ट्रिय दवाबपछि महावाणिज्य दूतावासमा भएको विवादमा पत्रकार मारिएको जनाएको थियो । एर्दोगानले यो घटनामा साउदी अरबका सबैभन्दा उच्च तहको निर्देशन नै रहेको आरोप लगाउनु भएको छ ।