Saturday, January 18, 2025
Home > मुख्य समाचार > प्रधानामन्त्रीले काम थाले

प्रधानामन्त्रीले काम थाले

स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक काम सुरु गर्नुभएको छ । सोमबार राती महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज बिहानदेखि अनौपचारिक मिटिङमा सरिक हुनुभएको हो । उपचारमा संलग्न मुटुरोग विशेषज्ञ तथा सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीले प्रधानमन्त्री ओलीलाई गएराती राम्रो निन्द्रा लागेको तथा बिहान अस्पतालमा नै उपप्रधानान्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग सानो अनौपचारिक मिटिङ गर्नुभएको जानकारी दिनुभयो । यद्यपि एन्टिवायोटिक औषधीको कोर्स पूरा नहुन्जेल केही दिन प्रधानमन्त्रीलाई अस्पतालमा नै विशेष निगरानीमा राखिने बताउनुभयो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा निकै सुधार आएपछि उपचारमा संलग्न चिकित्सक पनि खुसी देखिन्थे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आज बिहान अस्पताल परिसरमा गरिएको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा आएको सुधारले आफुहरुको अनुहारमा खुसी छाएको बताउनुभयो । कार्यकारी निर्देशक, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर प्रधानमन्त्रीको उपचारमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टर सन्त दास सम्मिलित टोली संलग्न छ । डाक्टर सिंह प्रधानमन्त्रीकी निजी चिकित्सक पनि हुनुुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *