Friday, November 22, 2024
Home > मुख्य समाचार > विराटनगरमा ५ सयको जुत्ता ४६ सयमा बिक्री गरिदै

विराटनगरमा ५ सयको जुत्ता ४६ सयमा बिक्री गरिदै

१८ असोज, विराटनगर। विराटनगरमा नाम चलेका पसल ग्यालेक्सी र साकेतले खरिद मूल्य भन्दा ६ गुणा बढी दाम लिएर उपभोक्तालाई सामाग्री बेचेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेत्ृत्वमा बिहीबार गरेको अनुगमनका क्रममा साकेत र ग्यालेक्सी जस्ता नाम चलेका र उपभोक्ताको भीड लाग्ने पसलमा खरिद मूल्य भन्दा ६ गुणा बढी मूल्य लिइएको पाइएको हो । ग्यालेक्सीले ५ सय पर्ने जुत्ता ४६ सयमा बेचेको पाइएको छ भने साकेतले ४ सय ८२ को जिन्स पेन्ट १५ सय ६५मा बेचेको पाइएको हो । साकेत र ग्यालेक्सी दुवै फिक्स मूल्यका पसल हुन् । जहाँ कस्मेटीक्सदेखि जुताचपप्पल, ब्याग, कपडा लगायतका सामाग्रीहरु पाइन्छन् । यस्तै विराटनगरको १२ मा रहेको गोल्छा डेरी उद्योगले इजाजतमा दिएको भन्दा अन्य स्थानमा डेरी उद्योग संचालन गरेको भेट्टिएको छ । यस्तै साइनबोर्ड नभएको, आवश्यक कागजपत्र नपाएकाले ३ दिनभित्र वाणिज्य कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितीका लागि निर्देशन दिइएको छ । यस्तै अतिथी सदन छेउको बिकानेर मिठाई उद्योगको पनि अनुगमन गरिएको छ । सन्तोषजनक सरसफाई नपाइएको र गुणस्तरमा पनि कमी रहेको आशंकाले मिठाइ लगायतको उत्पादन सामाग्री परीक्षणमा पठाइएको छ । यस्तै सनसरीमाई स्थान छेउमा रहेको गोपाल किराना स्टोर पनि अनुगमन गरिएको छ । अनुगमनलाई निरन्तरता दिने टोलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *