Friday, November 22, 2024
Home > मुख्य समाचार > निर्मला पन्त हत्या प्रकरण प्रतिवेदन : हात्तिआयो फुस्सा नहोस्

निर्मला पन्त हत्या प्रकरण प्रतिवेदन : हात्तिआयो फुस्सा नहोस्

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई छिट्टै कानुनी कठघरामा ल्याउने आश्वासन दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिदै गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्नहरु छिट्ै कानुनी कठघरामा उभिने बताउनुभएको हो । उच्चस्तरीय छानविन समितिले घटनको अध्ययन अनुसन्धान गरि प्रतिवेदन बुझाईसकेकाले अब दोषि पत्ता लगाउन सरकारलाई सहज हुने उहाँको तर्क थियो । समितिले दिएको रिपोर्टको आधारमा हत्यारा र बलात्कारीलाई कानुनको कठघरामा उभ्याउने आश्वासन उहाँले दिनुभयो । मदन आश्रितका हत्यारालाई अहिले सम्म कानुनी कठघरामा ल्याउन नसकिएको दृष्टान्त दिदै उहाँले निर्मला पन्तको घटनाका दोषि पत्ता लगाउनु पनि त्यत्तिकै जटिल रहेको संकेत गर्नुभयो । उहाँले बर्दियाका राम मनोहर यादवको प्रहरीको यातनाले नभई ब्रेन ह्यामरेज भएका कारण मृत्यु भएको दाबी गर्नुभयो । प्रहरीले यादवलाई कुनै पनि किसिमको यातना नदिएको दाबी पनि उहाँले गर्नुभयो । देशका विखण्डनकारीहरुसंग सम्बन्धित संगठनसंग सम्बद्ध रहेकाले यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले स्पष्ट पार्नुभयो । वर्तमान सरकारले शान्ति स्थापना गर्न महत्वपुर्ण भुमिका खेलिरहेको भन्दै उहाँले पछिल्लो समय तुलनात्मक रुपमा हत्या, हिंसाका घटनामा कमि जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *