सुनसरीबाट १६ तोला अवैध सुनसहित एक कारोबारी प्रक्राउ परेका छन् । तस्करीमा संलग्न तफेजुल अन्सारीलाई शसस्त्र प्रहरीले सुनसरीको हरिनगर गाँउपालिका अन्र्तगत पर्ने भारतीय सीमावर्ती क्षेत्र घुस्कीबाट १६ तोला सुन सहित पक्राउ गरेको हो । घुस्की बिओपी इन्चार्ज प्रहरी निरीक्षक दिलिपकुमार पन्तका अनुसार चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बिआर ३८ जे ४७०० नम्बरको मोटरसाइकलमा सवार अन्सारीको साथबाट सुन बरामद भएको हो । सुनसहित मोटरसाइकल र चालक सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ । सुनसरी नाकाबाट तस्करीको सुन बरामद भएको घटना पहिलो नभएपनि निकै लामो समय पश्चात सुन सहित तस्करमा संलग्न व्यक्ति पक्राउ परेको प्रहरीको भनाई छ । केही समयअघि घुस्कीमै स्थानीय तस्कर र शसस्त्र प्रहरीबीच तस्करीको सामान विवादले झडपको रुप लिँदा गोली समेत चलेको थियो । त्यसयता सो नाकामा शसस्त्र प्रहरीले कडा निगरानी थालेको छ ।