पूर्व विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा हंगेरीका मार्टोन फुक्सोभिसलाई ३–१ को सेटमा पराजित गर्दै जोकोभिच दोस्रो चरणमा प्रवेश गरेका हुन् । न्यूयोर्कमा भएको खेलमा जोकोभिचले मार्टोन विरुद्ध संघर्षपूर्ण जित निकाले । जोकोभिचले ६–३, ३–६, ६–४ र ६–० ले खेल आफ्नो पक्षमा पारे । उनले दोस्रो चरणमा अमेरिकी खेलाडी टेनेस सान्डग्रेनसँग खेल्नेछन । यता महिलातर्फ अष्ट्रेलियन ओपन च्याम्पियन कारोलिन वाज्नियाकीले पनि दोस्रो चरणमा प्रवेश गरेकी छन् । उनले अस्ट्रेलियाकी साम स्टोसुरलाई ६–३ र ६–२ को सेटमा पराजित गरिन् । उनले देस्रो चरणमा लेसिया सुरेन्कोसँग खेल्नेछिन् ।(एजेन्सी)