Friday, November 22, 2024
Home > खेलकुद समाचार > इंग्लिस प्रिमियर लिगमा आर्सनल, लिभरपुल र लेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिगमा आर्सनल, लिभरपुल र लेस्टर सिटी विजयी


इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, लिभरपुल र लेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले हेस्टह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । वेस्ट ह्यामले पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । यस्तै अर्को खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले ब्राइटन एण्ड होभ आल्बियनलाई १ –० गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले गोल गरेका थिए । सलाहले गरेको २३ औं मिनेटको गोल नै स्पष्ट ३ अंक जोड्न पर्याप्त बन्यो । दश खेलाडीमा सिमिति साउथ ह्याम्पटनमाथि लेस्टरले २–१ गोल अन्तरले जित निकालेको छ । ५२औं मिनेटमा रियान बेट्रान्डले गोल गर्दै साउथह्याम्पनलाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा लेस्टरका डिमारिया ग्रेले बरबारी गोल गरे । ७७ औं मिनेटमा इमाइल होजबर्ग दोहोरो पहेँलो काड खाँदै मैदान बाहिरिएपछि साउथ ह्याम्पटन १० खेलाडीमा सिमिति भएको थियो । अन्तिम १५ मिनेट सम्हाल्न नसक्दा साउथह्याम्पटनले ३ अंक गुमाउन बाध्य भयो । प्रतियोगिता अन्तर्गत गएरातिनै भएका अरु खेलमा बर्नमाउथ र एभर्टन २–२ गोलको बराबरीमा रोकिँदा हर्डल्स फिल्ड र कार्डिफ गोल रहित बराबरीमा रोकिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *