Friday, November 22, 2024
Home > मुख्य समाचार > पीडितलाई १०, १० लाख राहत उपलब्ध गराउने सरकारको घोषणा

पीडितलाई १०, १० लाख राहत उपलब्ध गराउने सरकारको घोषणा


सरकारले निर्मला पन्तको परिवारलाई १० लाख रुपैया राहत उपलब्ध गराउने घोषणा गरेको छ । हिजो सांझ वालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले हत्या भएकी कंचनपुर भीमदत्त नगरपालिका वडानम्बर २ कि निर्मला पन्तको परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी सरकारले सोही घटनाको विरोध तथा दोषिलाई कारवाहीको माग गर्दै शुक्रबार भएको प्रर्दशनमा प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनाका परिवारलाई पनि १० लाख रुपैया राहत उपलब्ध गराउने भएको छ । घटनाको निन्दा एवं भत्र्सना गर्दै सरकारले सोही घटनालाई लिएर भएको प्रर्दशनका क्रममा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था मिलाउनुको साथै अंगभंग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सूचना तथा संञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *