काठमाडौं, २२ असोज । इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन सोमबार दिउँसोका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् र सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । मन्त्रिपरिद् बैठक लगत्तै साँझ ५ बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकले इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।