Friday, November 22, 2024
Home > आर्थिक समाचार > चितवनमा पछिल्ला दुई वर्षमा पर्यटकको संख्या बढ्दै

चितवनमा पछिल्ला दुई वर्षमा पर्यटकको संख्या बढ्दै


चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७४/०७५ मा २४ करोड ८१ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ राजस्व आम्दानी गरेको छ ।निकुञ्जले दिएको तथ्यांकअनुसार निकुञ्जले सबैभन्दा धेरै आम्दानी कात्तिक र फागुन महिनामा गरेको छ । गत आर्थिक वर्षको कात्तिक महिनामा तीन करोड १९ लाख ३५ हजार ६ सय ३७ रुपैयाँ र फागुन महिनामा दुई करोड ६८ लाख ३३ हजार २ सय २५ रुपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी निकुञ्जले उपलब्ध गराएको तथ्यांकमा सबैभन्दा कम असार महिनामा १६ लाख ३९ लाख ७ सय २ रुपैयाँ आम्दानी भएको थियो । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकको कारणले विगत केही वर्षअघि भन्दा पछिल्ला दुई वर्षमा पर्यटकको संख्या बढ्दै गएकोले राजस्व आम्दानी पनि बढ्दै गएको निकुञ्जले जनाएको छ । दुई वर्ष अघिको अवस्था हेर्दा राजस्वको आम्दानी ५० प्रतिशत भन्दा बढीले गिरावट आएको थियो । निकुञ्जको मुख्य आम्दानी नै पर्यटकहरुको प्रवेश शुल्क रहेको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *