Thursday, November 21, 2024
Home > मुख्य समाचार > सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्याउँछ : गृहमन्त्री

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्याउँछ : गृहमन्त्री

काठमाडौं, ३ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्याउने बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पु¥याउने दाबी गर्नुभयो । उहाँले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो । राम्रोसँग छलफल भएको छ, आज नै निस्कर्षमा पुगेको छैन । तर छलफल सकारात्मक छ । हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला की भन्ने आशावादी छौँ । सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ । सिआईबीले नै यसलाई टुंगोमा पुर्याउनेछ ।’

फरक प्रसंगमा गृहमन्त्री श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आउनुभएका अध्यात्मिक गुरु धिरेन्द्र शास्त्रीसँग भेट गरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *