Friday, November 22, 2024
Home > मुख्य समाचार > आफना नातागोतालाई कर्मचारीको रुपमा भर्ना गरेको मेयरमाथि आरोप

आफना नातागोतालाई कर्मचारीको रुपमा भर्ना गरेको मेयरमाथि आरोप


नेपाली कांग्रेस नगर कार्यसमितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले विना प्रक्रिया आफना नातागोतालाई कर्मचारीको रुपमा भर्ना गरेको भन्दै निर्णय सच्चाउन माग गर्दे आन्दोलनको घोषणा गरेको छ । नगर कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर सभापति मनोज साहले नगर प्रमुख निर्वाचित भए पश्चात बोर्डलाई खबरनै नगरी करोडौ रुपैयाको सरसमान खरिद गर्ने गरेको तथा कर्मचारी भर्ना गर्दा समेत वोर्डलाई कुनै जानकारी नदिएको आरोप लगाउनु भएको छ । उहाँले मनोमानी ढंगले कर्मचारीहरु भर्ना गरेकोमा आपत्ति जनाउनु भएको छ । नगरपालिकाले वृद्धि गरेका करहरु अविलम्ब खारेज गर्नुपर्ने, पार्किंग शुल्क,सम्पति कर, घरवाहाल करहरुमा बढाईएको शुल्क खारेज गर्नुपर्ने माग गरिएको छ । कांग्रेसले सडक विस्तारका क्रममा भत्काईका घर तथा जग्गाको लगत कट्टा गरी तोडफोड र बनाउन लागेको लागत खर्चको क्षतिपुर्ति स्वरुप नगरपालिकाले १० वर्षको लागि घर तथा सम्पति कर मिनाहा गर्नुपर्ने माग गरेको छ । ७ दिन भित्र आफूहरुको माग पूरा नभए कडा चरणवद्ध आन्दोलनमा जाने कांग्रेस नगर समितिले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *