काठमाडौं, १५ साउन । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्नका लागि सरकारले मंगलवार सम्मको समय मागको बताउनुभएको छ ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मंगलवारसम्मको समय माग गरेकाले आजको प्रतनिधि सभा बैठक बस्न नसकेको बताउनु भयो । उहाँले सरकारले जति चाँडो उच्चस्तरीय छानबिन बनायो त्यति चाँडै संसद सुचारु हुने बताउनु भयो । उहाँले सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले भोलिसम्मको समय मागेको छ, उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाउने भन्ने निर्णय गर्न । भोलि बनायो भने संसद चल्छ । सरकारले अविलम्व उच्चस्तरीय छानबिन समिति बनाओस् । जे साँचो हो, त्यो बाहिर ल्याइदिओँ । की सरकार अनुसन्धान गर्न चाहँदैन ? प्रश्न उठिसकेपछि ढाकछोप गर्ने होइन, खुला हुनुपर्छ ।’
सांसद बाँस्कोटाले अनियमितताको प्रश्न उठिसकेपछि सरकार ढाकछोप गर्न नलागेर निष्पक्ष छानबिन गर्न लाग्नुपर्ने बताउनु भयो ।