Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > गणपूरक संख्या नपुगेपछि संसदीय समितिको बैठक बस्न सकेन

गणपूरक संख्या नपुगेपछि संसदीय समितिको बैठक बस्न सकेन

 

काठमाडौं,१२ साउन । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

शुक्रवारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरु उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *