Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > सुनकाण्डका मुख्यव्यक्ति पक्राउ नगरे संसदमै आमरण अनसन बस्ने सांसद शर्माको चेतावनी

सुनकाण्डका मुख्यव्यक्ति पक्राउ नगरे संसदमै आमरण अनसन बस्ने सांसद शर्माको चेतावनी

काठमाडौं, १० साउन । प्रतिनिधि सभाको आजको बैठकमा सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनलि शर्मामाले सुन प्रकरणमा चित्त बुझ्दो छानबिन नभए सदनमै आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ । सांसद शर्माले १०० किलो सुन प्रकरणको जरैदेखि छानबिन हुनुपर्ने माग गर्नुभयो । आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेस सांसद शर्माले सुन प्रकरणमा भरियालाई मात्रै पक्राउ गरेर घटना ढिसमिस गर्न खोजियो भने सदनमै आमरण अनुशन बस्ने चेतावनी दिनुभयो । यसमा मन्त्रीकै पनि संलग्नता रहेको आशंका व्यक्त गर्दै उहाँले सुनको तस्करी सुनियोजित रुपमा भइरहेको बताउनुभयो । चैत्र १७ गते अर्थमन्त्रीले शपथ लिए लगत्तै वैशाख २० गते अर्थसचिव परिवर्तन गरेको र जेठको १७ गते भन्सार कार्यालयको प्रमुख परिवर्तन गरिएको अनि सुन तस्तकरी सुरु भएको उहाँको भनाइ थियो । उनले पटक पटक क्वीन्टलका क्वीन्टल सुन भित्रिदा अर्थमन्त्री र गृहमन्त्री मूकदर्श भएर बस्नु चाजमर्दो विषय भएको भन्दै राजीनामा दिन उपयुक्त रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *