काठमाडौं, १० साउन । सत्तारुढ नेपाली काँग्रेसको बैठकको निर्णय आज सार्वजनिक हुँदै छ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक बसेर आज सार्वजनिक गर्ने कार्यतालिका बनाइएको छ । बैठक आज अपरान्ह ४ बजेपछि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समितिलाई सम्बोधन गर्ने र आज नै केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्ने बताइएको छ ।