Friday, November 22, 2024
Home > मुख्य समाचार > सरकार सुशासनको पक्षमा दृढताका साथ उभिएको छ : सुचना प्रविधिमन्त्री शर्मा

सरकार सुशासनको पक्षमा दृढताका साथ उभिएको छ : सुचना प्रविधिमन्त्री शर्मा

जनकपुरधाम, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनको पक्षमा दृढताकासाथ उभिएको बताउनुभएको छ ।

शुक्रवार जनकपुर पुग्नुभएकी मन्त्री शर्माले सरकार सुशासनको पक्षमा र भ्रष्टचारबिरुद्ध दृढतापूर्वक उभिएको बताउनुभएको हो । सरकारको काम कारबाहीमा जनताले साथ दिइरहेको भन्दै अझै साथ र समर्थनको अपेक्षा गरेको बताउनु भयो । उहाँले सेवा प्रवाहमा समेत विगतको भन्दा सुधारको अवस्था आएको बताउँदै मुलकमा समान्तवादको अवशेषको रुपमा रहेका मिटर ब्याजलाई समाप्त पार्न सरकारले कानून अनुसार दण्डित गर्ने ऐन नै निर्माण गरेको बताउनु भयो । शर्माले केही असन्तुष्टिहरु भएपनि त्यसलाई बिस्तारै समाधान गरेर जाने बताउनु भयो । मन्त्री शर्माले कानून बिस्तारे संसोधन गर्दै जाने भएको कारणले मिटरब्याज सम्बन्धी कानूनमा देखिएको समस्यालाई संसोधनमार्फत हल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार अहिले सुशासनको पक्षमा, भ्रष्टाचारका बिरुद्धमा दृढताकासाथ उभिएको छ । सेवाप्रवाहको क्षेत्रमा पनि प्रभावकारी काम चुस्त दुरुस्त हुनुपर्छ भनेर बढेको छ । सरकार जसरी अहिले अघि बढीरहेको छ, त्यसका लागि जनताको साज, समर्थन भइरहेको छ । त्यसलाई अझ बढाएर जाने र राम्रो बनाउने दिशामा छौँ । ऐन, कानून निर्माण गर्ने कुरामा, विगतका लामा समस्या, मिटरब्याज, नागरिकतासम्बन्धी समस्या लगायतका समस्याको अन्त्य गर्न हामी लागेका  छौँ ।’ मन्त्री शमाले सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत किसिमले आएको बताउनु भयो । उहाँले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताउनु भयो । उहाँले नागरिकता समस्या समाधान गरेको भन्दै छिट्टै नागरिकता सम्बन्धी नियमावली निर्माण गर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *