Sunday, November 24, 2024
Home > मुख्य समाचार > बिमानस्थलबाट सुन बाहिरिएको विषयमा भन्सार विभागले छानबिन गर्ने

बिमानस्थलबाट सुन बाहिरिएको विषयमा भन्सार विभागले छानबिन गर्ने

काठमाडौं, ४ साउन । सुन तस्करीको ब्यापक आलोचना भइरहँदा भन्सार विभागले छानबिनका लागि समिति गठन गरेको छ । झण्डै एक क्वीन्टल सुन विमानस्थलबाट बाहिरिएको प्रकरणको विषयमा भन्सार विभागले छानबिन गर्न लागेको हो । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो । भन्सार जाँच पार गरेर तस्करीको सुन कसरी बाहिर गयो भन्ने विषयमा छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताउनुभयो ।   समितिलाई पाँच दिनभित्र जाँच गरेर प्रतिवेदन बुझाउन भनिएको छ । राजश्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *