काठमाडौं, ३१ असार । नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।
आज काठमाडौंको माईतीघरमा भेला भइ सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन काँग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो । हरेक दुई वर्षमा श्रमिकहरुको पारिश्रमिक बढाइने र सोही अनुसार काम अहिले अघि बढिरहेपनि सरकारलाई खबरदारी गर्न दबाबमुलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताउनु भयो ।
उहाँले सरकारलाई श्रमिकहरुको न्युनतम पारिश्रमिक कम्तीमा २५ हजार रुपैयाँ बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने बताउनु भयो । उनीहरुले श्रमीकको न्युनतम पारिश्रमिक २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमिकको प्रतिनिधित्व व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमीकको पञ्जीकरण गर लगायतका प्लेकार्ड, ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए ।