काडमाडौं, भदौ ४ । फ्रान्सका लागि नेपालका पूर्व राजदुत ८० वर्षीय झाको आज विहान थापाथलीस्थित उहाँकै निवासमा मृत अवस्थामा भेटिनुभएको हो । यसैबीच, उहाँको शवलाई पोष्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पु¥याइएको छ । यसअघि प्रहरीले घटनास्थलको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा पूर्वराजदुत झाको घरका सहयोगी २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या गरिएका पूर्व राजदुत झाको टाउकोमा चोट देखिएको छ । झासँगै घरमा श्रीमति र दुई कामदार बस्दै आएका थिए । अनुसन्धानका लागि घटनास्थल पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गर्नु भएका झा फ्रान्सको राजदुत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त हुनु भएको थियो । उहाले विश्व सम्बन्ध परिषदको अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो ।